काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मतदान गरेपछि हेलिकोप्टरमार्फत रुकुम पूर्व पुगेका छन्।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उनले बिहीबार बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्। उक्त निर्वाचन क्षेत्रमा उनकी छोरी रेणु दाहाल उम्मेदवार रहेकी छन्।
मतदान सम्पन्न गरेलगत्तै प्रचण्ड हेलिकप्टरमार्फत रुकुम पुगेका हुन्। उनी प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट उम्मेदवार रहेका छन्।
रुकुम पूर्वलाई माओवादी आन्दोलनको पुरानो आधार क्षेत्र मानिन्छ। यस क्षेत्रमा प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
नेपालमा प्रतिनिधिसभाका २७५ सदस्य चयन गर्नका लागि आज देशैभरी मतदान भइरहेको छ।
