काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज मुलुकभरै मतदान जारी छ। यसैक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान केन्द्रबाट भोट गरेको छन् । उनले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
तर, उनले आफुलाई भने भोट गर्न पाएनन् । ओली झापा क्षेत्र नं.५ का उम्मेदवार भएका र उनको मतदाता नामावली भक्तपुर-२ (सूर्यविनायक–२) मा रहेका कारणले उनले आफैले भोट हाल्न नपाएका हुन् ।