बाग्लुङको गल्कोटमा १०१ वर्षीय जगबहादुर श्रीसले गरे मतदान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बाग्लुङको गल्कोट नगरपालिका-६ का १०१ वर्षिय जगबहादुर श्रीसले उत्साहका साथ मतदान गरेका छन्। बिहीबार उनले नवज्योति दुर्गा आधारभूत विद्यालय, ठुलाथरस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

मतदान केन्द्रमा पुगेका उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु नागरिकको महत्वपूर्ण कर्तव्य भएको बताए। स्थानीय बासिन्दाले पनि उनको उच्च उमेरमा गरिएको मतदानलाई प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्।