इलामकी जेष्ठ नागरिक १०७ वर्षीया विष्णुमाया बानियाँले गरिन् मतदान

दियोपोस्ट संवाददाता  

इलाममा जारी मतदानका क्रममा १०७ वर्षीया वृद्धा विष्णुमाया बानियाँले पनि आफ्नो मताधिकार प्रयोग गरेकी छन्। इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारीस्थित गीताञ्जली आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन्।

जिल्लामा हालसम्म करिब ४० प्रतिशत मत खसेको जनाइएको छ। इलामभर दुई वटा अस्थायीसहित कुल १५० मतदान स्थल र २९० मतदान केन्द्रमार्फत मतदान भइरहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान कार्य सञ्चालनका लागि जिल्लाभर १ हजार ७४० जना कर्मचारी खटिएका छन्।

यसपटक फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका गरी इलाममा कुल २ लाख ३१ हजार ८०९ जना मतदाता रहेका छन्। साथै जिल्लामा २ हजार ८३६ जना अस्थायी मतदाता रहेको जानकारी दिइएको छ।