
काठमाडौँ । दाङ जिल्लामा हालसम्म १ लाख ९६ हजारभन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल १ लाख ९६ हजार ४१३ मत खसिसकेको छ।
जिल्लामा कुल ४ लाख ३१ हजार ६८६ मतदाता रहेका छन्। हालसम्म खसेको मत कुल मतदाताको उल्लेखनीय हिस्सा रहेको निर्वाचन कार्यालयले जनाएको छ।
दाङका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाताको सहभागिता बढी देखिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ३१ हजार ७५४ र महिला ३४ हजार ४३२ गरी कुल ६६ हजार १८६ मत खसेको छ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पुरुष २६ हजार ९९ र महिला ३२ हजार ६२९ गरी जम्मा ५८ हजार ७२८ मत खसेको छ।यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा पुरुष ३१ हजार ६४६ र महिला ३९ हजार ८५३ गरी कुल ७१ हजार ४९९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
तीनवटै क्षेत्रमा महिलाको मतदान सहभागिता पुरुषभन्दा उल्लेखनीय रूपमा बढी देखिएको छ।