अछम- १ मा नेकपाका भिम रावल पराजित, कांग्रेसका भरतबहादुर स्वाँर विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्।

निर्वाचन आयोगको सार्वजनिक मतपरिणाम अनुसार भरतकुमार स्वाँर (नेपाली कांग्रेस) ले १० हजार ७५९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी रावलले १० हजार २३३ मत प्राप्त गरेका छन्। यसरी रावल ५२६ मतले पराजित भएका हुन्।

यो नतिजासँगै अछाम-१ मा २६ वर्षपछि नेपाली कांग्रेसले जीत निकालेको बताइएको छ। यसअघि २०५६ सालपछि उक्त क्षेत्रमा कांग्रेसले जित हासिल गर्न सकेको थिएन।

मतगणनाको सुरुवाती चरणमा भने रावल अग्रस्थानमा देखिएका थिए। तर पछिल्लो चरणमा कांग्रेसका स्वाँरले अग्रता लिँदै अन्ततः विजयी भए ।

अछाम-१ मा यसपटक नेकपा, नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो। एमालेका उम्मेदवार दीपकबहादुर साउद तेस्रो स्थानमा रहेका छन्।

रावल यसअघि अछाम-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेता हुन्। तर यस पटकको निर्वाचनमा उनी कांग्रेस उम्मेदवारसँग पराजित भएका छन्

सिफारिस