
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनले कुल २९ हजार ६ सय ४२ मत प्राप्त गर्दै प्रतिद्वन्द्वीलाई पछि पार्दै विजयी बनेका हुन्।
नेकपा एमाले र नेपाली कांग्रेसका चर्चित नेताहरुहरु यस क्षेत्रबाट प्रतिस्पर्धामा थिए । एमाले नेता प्रदीप ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गरे भने नेपाली कांग्रेसका चन्द्र भण्डारी ले १३ हजार ५ सय ५ मत ल्याए भने नेकपाका सुदर्शन बराल ले ३ हजार १ सय ७६ मत मात्रै पाएका थिए।
ढकालले दोस्रो स्थानमा रहेकाहरूमाथि करिब १४ हजार मतको फरक बनाएर जीत हासिल गरेका हुन्। यससँगै गुल्मी-१ मा परम्परागत दलका नेताहरू पछि परेको देखिएको छ।
विजयी ढकालले मतदाताले दिएको भरोसालाई ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्। उनले अब जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।