काठमाडौँ । कर्णाली प्रदेशको जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र बहादुर शाही निर्वाचित भएका छन्। उनले १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका दिप बहादुर शाहीले ७ हजार १४३ मत पाएका छन् भने नेकपा उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत प्राप्त गरेका छन्।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूको विजय लहर देखिए पनि जुम्लामा भने उक्त दलका उम्मेदवारको जमानत जफ भएको छ । रास्वपाकी विनिता कठायतको जमानत जफत भएको हो ।