
काठमाडौँ । रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिर्दोस आलम विजयी भएका छन्। उनले ११ हजार ८६ मतान्तरले आफ्ना निकटतम प्रतिस्पर्धीलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।
निर्वाचन अधिकृतका अनुसार डा. आलमले कुल २९ हजार ५ सय २८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरण कुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३ सय २५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। जनता समाजवादी पार्टी (नेपाल) का रामआशिष राय यादवले २ हजार ९ सय ६० मत तथा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख ८ हजार ८७२ मतदाता रहेकोमा ७१ हजार ५ सय ४६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचित आलम नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय मोहम्मद आफताब आलमका छोरा हुन्। उनी पेशाले चिकित्सकसमेत रहेका छन्। यसअघि सो क्षेत्रमा भएको निर्वाचनमा किरण कुमार साह विजयी भएका थिए।