धादिङ-१ मा रास्वपाकी आशिका तामाङ २४ हजार ९६ मतान्तरसहित विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङ धादिङ-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन्। उनले नेकपा एमाले का उम्मेदवार भूमि प्रसाद त्रिपाठी लाई २४ हजार ९६ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेकी हुन्।

धादिङ-१ मा कुल मत परिणामअनुसार तामाङले ३९ हजार १२८ मत प्राप्त गरेकी छिन् भने त्रिपाठीले १५ हजार ३२ मत मात्र प्राप्त गरे। यसरी तामाङले फराकिलो अग्रता बनाएर प्रतिनिधि सभामा आफ्नो स्थान पक्का गरिन्।

यस क्षेत्रका अन्य प्रमुख उम्मेदवारमध्ये नेपाली कांग्रेस का कृष्ण रिजालले १ हजार ८० मत पाएका छन् भने नेकपाका राजेन्द्र प्रसाद पाण्डेले १४ हजार ७०९ मत प्राप्त गरे।

विजयपछि आशिका तामाङले आफ्नो जित सर्वसाधारणको विश्वास र समर्थनको परिणाम भएको बताइन्। उनका अनुसार महिला र युवा राजनीतिक प्रतिनिधित्वलाई सशक्त बनाउने दिशामा यो जीत महत्वपूर्ण कदम हो।

 

सिफारिस