
Compressed by jpeg-recompress
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्याउने तयारी गरेको छ। आयोगले समानुपातिक तर्फका सांसदहरुको नाम सिफारिस गरि पठाउन दलहरूलाई पत्राचार गरिन लागिएको हो ।
सिट संख्या तय भइसकेपछि आयोगले सम्बन्धित दलहरूलाई बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट नाम सिफारिस गर्न पत्राचार गर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सम्भव भएसम्म आज साँझसम्म वा बढीमा भोलिसम्म दलहरूलाई यस्तो पत्र पठाइनेछ।
दलहरूले प्राप्त गरेको सदर मतको आधारमा समानुपातिकतर्फको सिट संख्या निर्धारण गरने उनले बताए । दलहरूले पठाएको सिफारिस आयोगले पुनः परीक्षण गरि सिफारिस गरिएको नाम कानुनी तथा मापदण्डअनुसार मिलेको वा मिलेको छ या छैन भन्ने विषय आयोगले जाँच गरेपछि मात्र प्रक्रिया अघि बढाइने बताइएको छ।
यस प्रक्रियापछि आयोगले समानुपातिकतर्फका ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ। त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ।