सिरहाको बार एसोसिएसन कार्यालयमा बम विष्फोट, एक जना घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिरहा जिल्लाको सदरमुकामस्थित जिल्ला अदालत नजिकै रहेको जिल्ला बार एसोसिएसनको कार्यालयमा बम विष्फोट भएको छ। विष्फोटमा परेर एक जना सहयोगी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक वासुदेव पाठकका अनुसार, बार एसोसिएसनको भवनमा सटर लिएर ‘ल फर्म’ सञ्चालन गरिरहेका कानुन व्यवसायी अधिवक्ता मधुसुदन यादवको कार्यालयमा विष्फोट भएको हो।

घटानामा ३५ वर्षीय सहयोगी सौरभ यादवको हात र खुट्टामा चोट लागेको छ। घाइते यादवलाई प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार विष्फोट भएको स्थानमा कुनै पर्चा वा पम्पलेट फेला नपरेकोले घटनाको जिम्मेवारी कसले लिएको हो भन्ने अझै पुष्टि भएको छैन। विष्फोट सुतली बम थियो कि अन्य प्रकारको बम भन्ने कुरा पनि अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ। प्रहरी घटनामा संलग्न समूहको खोजीमा जुटेको छ।