
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ले आधिकारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त नहुँदै आफ्नो सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री’को इमेल प्रयोगमा ल्याएका छन्। शाहले आफ्नो भेरिफाइड फेसबुक पेजमा रहेको सम्पर्क विवरण अपडेट गर्दै ‘[email protected]’ नामको इमेल समावेश गरेका हुन्।
यसअघि उनले प्रयोग गर्दै आएको इमेल परिवर्तन गरी ‘बालेन फर पीएम नेपाल’ नामको नयाँ इमेल राखिएको देखिएको छ।सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त इमेल ठेगानाले उनी आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेको बुझ्न सकिन्छ ।
आधिकारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त नहुँदै प्रधानमन्त्रीसँग सम्बन्धित इमेल प्रयोग गरेपछि यस विषयले सामाजिक सञ्जालमा समेत बहस सिर्जना गरेको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रास्वपाले ठूलो सफलता हासिल गरेसँगै शाहलाई प्रधानमन्त्री बन्ने सम्भावित नेताका रूपमा चर्चा भइरहेको छ।
तर, रास्वपाको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
