राष्ट्रियसभाको रिक्त सदस्य पदमा गृहमन्त्री अर्याल सिफारिस

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनयनका लागि सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई उक्त पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद केही समयदेखि रिक्त रहेको थियो। सोही रिक्त पदमा अर्याललाई नियुक्त गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको बताइएको छ।

सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।

यसअघि राष्ट्रिय सभामा रहेका १९ सिटमध्ये १८ जना निर्वाचित भइसके र राष्ट्रपतिबाट मनोनयन हुने एक सिट खाली रहेकाले सोही स्थानमा अर्याललाई सिफारिस गरिएको हो।

त्यसैगरी, आइतबारको मन्त्रिपरिषद् बैठकले अन्य प्रशासनिक तथा नीतिगत विषयहरूमा पनि निर्णय गरेको बताइएको छ, जसमा विभिन्न घटनाबारे गठित छानबिन आयोगको प्रतिवेदन अध्ययन गर्ने निर्णयसमेत समावेश छ।

राष्ट्रपतिबाट औपचारिक मनोनयन भएपछि अर्याल राष्ट्रिय सभाका सदस्य बन्नेछन्।

सम्बन्धित खबर

सिफारिस