काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ।
पार्टीले विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुने गरी सांसदहरूको नाम आयोगमा बुझाएको जनाएको छ। सिफारिस गरिएका नामहरूमा खसआर्य समूहबाट प्रमेश हमाल र बलावती शर्मा रहेका छन्।
त्यस्तै, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा चयन भएका छन् भने अपाङ्गता समूहबाट प्रेमबहादुर बयक सिफारिस भएका छन्।
मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा तथा थारू समूहबाट निराशा चौधरी डगौरा चयन भएको पार्टीले जनाएको छ।
नेकपाले समानुपातिक समावेशीताको सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले उक्त नामहरू निर्वाचन आयोगमा पठाएको जनाएको छ।