काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिक प्रणालीतर्फबाट २० जना सांसदको नाम सिफारिसका लागि निर्वाचन आयोगमा पठाएको छ । पार्टीले संविधानले व्यवस्था गरेका विभिन्न समावेशी समूहको कोटाअनुसार सांसदहरू चयन गरेको जनाएको छ।
खसआर्य समूहबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसी चयन भएका छन्।
त्यसैगरी आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे सांसद चयन भएका छन्।
मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव समानुपातिक सांसदको रूपमा चयन भएका छन्।
दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली चयन भएका छन् भने थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार सांसद बनेकी छन्।
यसैगरी मुस्लिम कोटाबाट शाहजान खातुन चयन भएकी छन्।
पार्टीले संविधानअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न समुदाय र वर्गलाई समेटेर समानुपातिक सांसदको सूची तयार गरिएको जनाएको छ।