काठमाडौँ । इरानका कूटनीतिक तथा सरकारी अधिकारीहरूका लागि नेपाल प्रवेश प्रक्रिया थप कडाइ गरिएको छ। नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले कूटनीतिक तथा अफिसियल राहदानी बोकेका इरानी नागरिकका हकमा अनअराइभल भिसा सुविधा नदिने निर्णय गरेको हो।
मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाबाट जारी पत्र अनुसार, अब त्यस्ता इरानी नागरिकहरूले नेपाल प्रवेश गर्नुअघि नै विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र आउनुपर्ने व्यवस्था गरिएको छ। उक्त निर्णय मन्त्रीस्तरको २०८२ मंसिर २९ गतेको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो।
मन्त्रालयले अध्यागमन विभाग, कालिकास्थानलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ।
यस निर्णयसँगै इरानका कूटनीतिक तथा सरकारी अधिकारीहरूका लागि नेपाल प्रवेश प्रक्रिया थप कडाइ गरिएको छ। मन्त्रालयले यो कदम सुरक्षा र प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन लक्षित गरिएको जनाएको छ।