पोखरामा मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ, चार महिला उद्दार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधेश्याम शाह र पोखरा महानगरपालिका-१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन्।

पोखरा महानगरपालिका-८ जाल्पारोड क्षेत्रका विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले विभिन्न प्रलोभन देखाउँदै होटलमा काम लगाइदिने बहानामा महिलाहरूलाई ल्याई, ग्राहकबाट रकम असुली जबरजस्ती रात बिताउन बाध्य पार्ने तथा अनैतिक कार्यमा संलग्न गराउने गरेको खुलेको प्रहरीले जनाएको छ। यस क्रममा प्रहरीले चार जना पीडित महिलाको उद्दार पनि गरेको छ।

पक्राउ परेका दुवैजनाविरुद्ध जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस