कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी स्वीकार गर्दै उनले पद त्याग गरेका हुन्।

सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पत्र बुझाएका छन्। पार्टीका एक पदाधिकारीका अनुसार उक्त राजीनामामाथि भोलि बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरिनेछ।

हालसम्म राजीनामा पत्र सार्वजनिक गरिएको छैन। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

सभापति थापा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र उनको आलोचना बढ्दै गएको र राजीनामाको मागसमेत उठिरहेका बेला उनले पद त्याग गर्ने निर्णय लिएका हुन्।

सिफारिस