मनाङका निर्वाचित सांसद गुरुङले शपथ लिन नपाउने, सांसद पद अन्योलमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले शपथ लिन नपाउने भएका छन्। भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिँदा भएको अनियमिततासम्बन्धी मुद्दामा भ्रष्टाचारमा दोषी ठहर भएकाले उनी शपथग्रहणबाट वञ्चित हुने भएका हुन्।

विशेष अदालतले २०७९ फागुन १५ गते गुरुङलाई भ्रष्टाचारमा मतियार ठहर गर्दै एक करोड २१ लाख रुपैयाँ असुल गर्नुपर्ने फैसला गरेको थियो। उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

निर्वाचनमा गुरुङले २,४१५ मत प्राप्त गर्दै विजयी भएका थिए भने नेकपाकी यशोदा सुवेदीले ४४६ मत ल्याएकी थिइन्। विजयी भए पनि गुरुङले भने सांसदको रूपमा शपथ लिन नपाउने अवस्था बनेको छ।