जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले सिआइवीले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक अभियुक्तलाई पुनः पक्राउ गरेको जनाएको छ।

ब्यूरोका अनुसार पक्राउ पर्ने व्यक्ति अवैध रूपमा बाघको छाला बिक्री-वितरण मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका थिए। उनलाई अदालतले १५ वर्ष कैद सजाय तथा १ लाख रुपैयाँ जरिवाना तोकेको थियो।

प्रहरीले जानकारी दिएअनुसार ती अभियुक्त आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरारी अवस्थामै लुकेर बसेको अवस्थामा प्रहरी टोलीले खोजी कार्य तीव्र पार्दै अन्ततः काठमाडौं महानगरपालिका-१४, कलंकी क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउपछि उनलाई सोही दिन पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य पनि निरन्तर जारी रहेको जनाएको छ।

सिफारिस