
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित ३ जना नेपाली पक्राउ परेका छन् । विमानस्थल हुँदै चीनको ग्वाङ्झाउ जान लागेका यात्रुहरूलाई चेक जाँचका क्रममा उनीहरु अमेरिकी डलर २८ हजार ९ सय रुपैयाँसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन १ बस्दै आएकी ४५ वर्षीय अनिता लामा, सिन्धुपाल्चोक, सुनकोशी ६ की ३८ वर्षिया संगिता लामा, र सिन्धुपाल्चोक लिसंखुपाखर ७ का ४७ वर्षीय विनोद लामा रहेका छन्। उनीहरूबाट लुकाई छिपाई राखिएको अमेरिकी डलर बरामद गरिएको प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिए ।