रारा घुम्न गएकी काठमाडौंकी युवतीको मुगु अस्पतालमा मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रारा ताल घुम्न पुगेकी काठमाडौंकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी कार्यालय मुगु जिल्लाका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घिमिरेको शुक्रबार बिहान ७ः२५ बजे जिल्ला अस्पताल मुगुमा मृत्यु भएको हो।

घिमिरे चैत ३ गते आफ्ना दुई साथी शिशिर कोइराला र विशाल सुवेदीसँग रारा क्षेत्र भ्रमणका लागि मुगु पुगेकी थिइन्। उनीहरू सल्लेरीस्थित ‘डाँफे’ होटलमा बस्दै आएका थिए।

भ्रमणकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको हो। प्रहरीका अनुसार उनलाई लेक लाग्ने (उच्च स्थानको असर) समस्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीले जानकारी दिएका छन्।

सिफारिस