बुटवलमा दिउँसै अँध्यारो, हावा-हुरीसहित वर्षा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । लुम्बिनी प्रदेशको बुटवल लगायत आसपासका क्षेत्रमा अचानक मौसम बिग्रिँदा दिउँसै अँध्यारो भएको छ। बाक्लो बादलसँगै आएको तीव्र हावाहुरी र वर्षाका कारण जनजीवन प्रभावित बनेको हो।

दिउँसै आकाश ढाकिने गरी बादल लागेपछि बजार क्षेत्रका सडकहरूमा गुडिरहेका सवारी साधनहरूले बत्ती बाल्नुपर्ने अवस्था आएको थियो।

मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानअनुसार लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीसहित दाङ, बाँके र कपिलवस्तु लगायतका जिल्लाहरूमा पनि हावाहुरी चलेको छ। केही समयसम्म हावाहुरी चलेपछि अहिले ती क्षेत्रमा वर्षा भइरहेको छ।

 

सिफारिस