काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स ले विक्रम संवत् २०८३ सालको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको प्रधान कार्यालय कमलादीमा आइतबार आयोजित एक कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरिएको हो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख-बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी तथा कम्पनी सचिव बिनोद कुमार भुजेल ले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका थिए।
सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, विभिन्न पर्व, दिवस, पञ्चाङ्ग तिथि तथा तारिखहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई सफलताको शिखरमा पुर्याउन योगदान पुर्याउने सम्पूर्ण सञ्चालक, कर्मचारी, ग्राहक, बीमा अभिकर्ता, शेयरधनी तथा नियामक निकायहरूप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना दिएका छन्। साथै उनले आगामी दिनमा नवीन प्रविधिको अधिकतम प्रयोग गरी सेवाको गुणस्तर थप प्रभावकारी बनाउने र समयानुकूल योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी कम्पनीले सम्पूर्ण सरोकारवालाहरूको अपेक्षा पूरा गर्न निरन्तर समर्पित रहने समेत जनाएको छ।
