ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति पौडेलबाट लिए शपथ

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज शपथ गराएका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्।

नेपाली कांग्रेसका नेता केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित भएका छन्।

शपथ ग्रहणपछि केसीले भोलि (चैत १२ गते) अन्य नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ। सभामुख चयन नभएसम्म उनले ज्येष्ठ सदस्यका हैसियतमा प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन्।

यससँगै नयाँ प्रतिनिधिसभाको औपचारिक प्रक्रिया सुरु हुने भएको छ भने आगामी दिनमा संसद्को बैठक सञ्चालन तथा नेतृत्व चयनका प्रक्रिया अघि बढ्नेछन्।

सम्बन्धित खबर

सिफारिस