बालेन शाहले विशेष धार्मिक विधिसहित शुक्रबार ‘प्रधानमन्त्री’को शपथ लिँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आगामी शुक्रबार प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शपथ ग्रहण समारोह मध्याह्न १२ः३४ बजेका लागि तय गरिएको छ।

विशेष रूपमा आयोजना गरिने उक्त समारोहमा सातवटा शंखबाट शंखनाद गरिने भएको छ । त्यस्तै, १०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन गरिने कार्यक्रम रहेको छ। उक्त समारोहमा १६ जना बौद्ध भिक्षुहरूले अष्टमंगल पाठ गर्नेछन्, जसले समारोहलाई धार्मिक र सांस्कृतिक रूपमा अझ भव्य बनाउनेछ।

शपथ ग्रहणपछि बालेन शाहले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको छ।

नयाँ नेतृत्वसँगै मुलुकको राजनीतिक दिशामा महत्वपूर्ण परिवर्तनको अपेक्षा गरिएको छ।