सुर्खेत प्रहरीको प्रतिवेदन: इनिशा बिकको मृत्यु सामूहिक बलात्कारका कारण भएको होइन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा बिकको बलात्कार र हत्या प्रकरणमा सुर्खेत प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ। प्रहरीले उपलब्ध प्रमाण र बयानका आधारमा प्रतिवेदन तयार गरेको हो ।

उक्तप्रतिवेदनमा इनिसाको मृत्युको कारण सामूहिक बलात्कार नभएको निष्कर्ष निकालिएको छ। प्रहरीका अनुसार घटनामा संलग्न चार जना पक्राउ परेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार मृतक इनिशा बिकको मृत्यु अत्यधिक रक्तश्रावका कारण भएको उल्लृख छ । प्रतिवेदनमा बलात्कारपछि हत्या भएको निष्कर्ष निस्किएको छैन।

प्रहरी अनुसन्धानको क्रममा विभिन्न फरेन्सिक परीक्षणहरू जस्तै भजाइनल स्वाब, डिजिटल डेटा, सीआईबी तथा सीडिआर विश्लेषणका रिपोर्टहरू संकलन भइरहेको छ। यी रिपोर्ट आएपछि घटनाको अन्तिम निष्कर्ष र कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

इनिशा बिकको मृत्युले देशभर आक्रोश फैलाएको छ। पीडित परिवारले दोषीलाई कडा सजाय नदिएसम्म शव नबुझ्ने अडान राखेका छन्।

 

सिफारिस