
काठमाडौं। गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन बाहिरिएको छ । सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरेको उक्त प्रतिवेदनमा उच्च राजनीतिक नेतृत्व र सुरक्षा प्रमुखलाई दोषी ठहर गर्दै फौजदारी अनुसन्धानको सिफारिस गरिएको छ ।
प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ। उनीहरूमाथि ज्यान मुद्दा मा अनुसन्धान हुनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।
यस्तो छ प्रतिवेदनको पूर्णपाठ :
[real3dflipbook pdf=”https://www.diyopost.com/wp-content/uploads/2026/03/प्रतिवेदन-new.pdf”]