प्रधानमन्त्री कार्कीले तीन वटा प्रतिवेदन सार्वजनिक गर्दै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन्। उनले भदौ २३ र २४ गतेका घटनाबारे गठित जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन तथा बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय लिएकी हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, भदौ २३ र २४ का घटनासम्बन्धी प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गरिनेछ।

यसअघि पनि प्रधानमन्त्री कार्कीले नेपाल बाल संगठन र बालमन्दिरसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन सोही पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिसकेकी थिइन्।