जाँचबुझ आयोगको प्रतिवेदनप्रति नेपाल बारको असहमति, आपतकालीन बैठक आह्वान

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल बार एशोसिएशनले भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ। प्रतिवेदनले आफ्नो क्षेत्राधिकार नाघ्दै न्यायालयसम्बन्धी विषयलाई आपत्तिजनक ढंगले समेटेको बारको आरोप छ।

यस विषयमा छलफल गर्न बारले आज दिउँसो १ः३० बजे सल्लाहकार समिति बैठक बोलाएको जनाएको छ। बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार प्रतिवेदनले न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक धारणा सिर्जना गर्ने जोखिम बढाएको छ।

उनले यस विषयमा कानुन व्यवसायीहरूबीच गम्भीर छलफल आवश्यक रहेको बताए। प्रतिवेदनमा भने सर्वसाधारणको न्यायमा पहुँच कमजोर रहेको, आर्थिक पहुँच नहुनेका लागि न्याय टाढाको विषय बनेको तथा वकिलहरूको शुल्क अत्यधिक भएको उल्लेख गरिएको छ।

प्रतिवेदनले साधारण निवेदन लेखनदेखि नै वकिलहरूले उच्च शुल्क असुल्ने गरेको भन्दै न्याय प्रणालीमा सुधार आवश्यक रहेको पनि औंल्याएको छ।

सम्बन्धित खबर

सिफारिस