बालेनलाई संसदीय दलको नेता बनाउने तयारीमा रास्वपा, आज बैठक बस्दै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ। बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेतामा चयन गर्न आज अपराह्न वनस्थलीस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।

पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार बैठकको मुख्य एजेन्डा वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गर्ने रहेको छ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएपछि बैठक आयोजना गरिने उनले जानकारी दिए। यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो।

सिफारिस