बालेन्द्र शाह नेतृत्वका १५ मन्त्रीले लिए राष्ट्रपतिबाट शपथ ग्रहण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वमा गठित नयाँ सरकारको मन्त्रीपरिषद्का १५ जना मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुले राष्ट्रपति रामवरण यादबबाट सपथ लिएका हुन् ।
सपथ लिनेहरुमा स्वर्णिम वाग्ले-अर्थ मन्त्री, सुदन गुरुङ-गृह मन्त्री रहेका छन् ।  भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठलाई दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडक पौडेल (गनेश)को जिम्मामा परेको छ। शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय सस्मित पोख्रेलले सम्हाल्ने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय निशा मेहतालाई दिइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय डा विक्रम तिमल्सिनाले सम्हाल्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय डा अमरेश कुमार सिंहको जिम्मामा परेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावललाई दिइएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतमले सम्हाल्नेछन् भने कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्रालय गीता चौधरीलाई दिइएको छ।

त्यसैगरी श्रम, रोजगार मन्त्रालय दीपक साहले सम्हाल्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता वादीको जिम्मामा परेको छ।
उनीहरुले राष्ट्रपतिबाट आज सपथ लिएका हुन् ।