नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न, कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौं । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न भएको छ। बैठकले समसामयिक विषयहरूमा केन्द्रित हुँदै चार महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदहरूप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ।

साथै, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ।

मन्त्री परिषद निर्णय अनुसार उक्त प्रतिवेदन कार्यान्वयनका लागि दुई तहमा प्रक्रिया अघि बढाइने बताइएको छ। आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गरिने र सो समितिले पेश गर्ने सिफारिसका आधारमा निर्णय गरिने बताइएको छ। अन्य सिफारिसहरू भने तत्काल कार्यान्वयन गरिने सरकारको निर्णय छ।

साथै भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी, नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ। बैठकले सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गरेको छ, जसलाई भोलिसम्म सार्वजनिक गर्ने जनाइएको छ।

सरकारले पहिलो बैठकबाटै सुधार र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै महत्वपूर्ण कदम चालेको बताइएको छ।

सम्बन्धित खबर

सिफारिस