नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई, सहकार्यको अपेक्षा व्यक्त

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले बधाई दिएका छन्। प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका हुन्।

मोदीले आफ्नो सन्देशमा शाहको नियुक्ति नेपाली जनताले उनको नेतृत्वप्रति राखेको विश्वास र भरोसाको प्रतीक भएको उल्लेख गरेका छन्। साथै, नेपाल-भारतबीचको ऐतिहासिक र विशेष सम्बन्धलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको पनि बताएका छन्।

उनले सन्देशमा भनेका छन्, “नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा बालेन्द्र शाहजीलाई हार्दिक बधाई। तपाईंंसँग सहकार्य गर्दै दुई देशका जनताको साझा हितका लागि नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरेको छु।”

सिफारिस