गौरी बहादुरलाई सुरक्षा घेरामा लिन गएको सेना फर्कियो, रातभर प्रहरीको पहरा

दियोपोस्ट संवाददाता  

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे गठित उच्च स्तरिय छानबीन आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई नेपाली सेनाले सुरक्षा दिने तयारी भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले देशैभर आन्दोलन घोषणा गरेको छ । आन्दोलनका क्रममा आयोगका अध्यक्ष कार्कीलाई सुरक्षा चिन्ता बढेर गएको छ ।

दिनभर सुरक्षा सतर्कतासहित प्रहरी परिचालन गरिएको थियो । तर, साँझमा भने नेपाली सेनाको ब्यारेकमा राख्ने गरी नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो । तर, कार्कीले राती केही भए खबर गर्ने भनेर फिर्ता पठाएको बुझिएको छ ।

कार्कीको घर समेत गुण्डुमै छ । भक्तपुरको गुण्डु क्षेत्रबाट ओली पक्राउ परेका थिए ।