पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पगरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार खड्कामाथि सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसपछि उनलाई पक्राउ गरिएको बताइएको छ। हाल उनलाई थप अनुसन्धानका लागि सीआईबी कार्यालयमा राखिएको छ।

खड्का यसअघि पनि विभिन्न विवादमा तानिँदै आएका थिए। विशेषगरी नेपाल स्काउटको लैनचौरस्थित जग्गा प्रकरण, ऊर्जामन्त्री हुँदा जलविद्युत् आयोजना सम्बन्धी लाइसेन्स र ठेक्का प्रक्रियामा अनियमितताको आरोप तथा हालैको आन्दोलनका क्रममा उनको निवासबाट नगद तथा विदेशी मुद्रा बरामद भएको विषय चर्चामा रहेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित खबर