काठमाडौं । नेपालका तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको सम्पत्तिमाथि छानबिन प्रक्रिया अघि बढाइएको छ। यस सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र सम्पत्ति शुद्धीकरण विभागले प्रारम्भिक अनुसन्धान थालेको बताएका छन्।
सिआइबीका अनुसार गैरकानुनी रूपमा आर्जित सम्पत्ति र वित्तीय कारोबारको स्रोतबारे तथ्य संकलन गरी कानूनी दायराभित्र अघि बढाउनका लागि यो प्रकृया सुरु गरिएको हो ।
अनुसन्धान अन्तर्गत बैंक खाता, कम्पनी लगानी, जग्गा–जमिन तथा अन्य वित्तीय गतिविधिको अध्ययन भइरहेको छ। केही घटनामा निवासमा भएको आगजनीपछि फेला परेका जलेका नोट र अन्य सामग्रीको फरेन्सिक परीक्षण पनि अनुसन्धानको हिस्सा भएको बताइएको छ।