
काठमाडौं । राजधानीको माइतिघर मण्डलामा नेकपा (एमाले) कार्यकर्ता र एक युवतीबीच कुटाकुट भएको छ । बलात्कारको आरोप लागेका एमाले नेता ऐन महरका बिरुद्ध अनशन बसिरहेकी अनशन बसिरहेकी रस्मिला धामीमाथि केपी ओली पक्राउको बिरोधमा आन्दोलनरत एमाले कार्यकर्ताबीच कुटाकुट भएको हो ।
प्रदर्शनका क्रममा रस्मिला धामी र केही एमाले कार्यकर्ताबीच भनाभन हुँदै धकेलाधकेल र धम्साधम्सी भएको थियो । महरले पटक पटक बलात्कार गरेको आरोप लगाउँदै पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै धामी अनशन बसिरहेकी छन् ।
अनशन बसिरहेकै बेला आन्दोलनरत एमालेका कार्यकर्ता र धामीबीच भनाभन भएको हो । धामीमाथि एक महिलाले हातपात र लुछालुछ गरेकी थिइन् ।
एमालेले आफ्ना शीर्ष नेतामाथि गरिएको कारबाहीको विरोधमा माइतिघर क्षेत्रमा प्रदर्शन गर्दै आएको छ। माइतिघर–बबरमहल क्षेत्र अहिले पनि सुरक्षा निगरानीमा रहेको छ भने प्रदर्शनका कारण सवारी आवागमनमा आंशिक प्रभाव परेको छ।