काठमाडौं, १८ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा मलेखु खोला कब्जा गरेर ह्वासिन सिमेन्ट नारायणी प्रा.लीको उद्योग निर्माणबारे दियोपोस्टमा समाचार प्रकाशन गरेको भन्दै दियोपोस्टको प्रधानसम्पादकमाथि अभद्र व्यावहार भएको छ ।
प्रकाशित समाचारको खण्डन गर्नुपर्ने वा खण्डन प्रकाशित नभए प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने कानुनी व्यवस्था भएपनि बेनिघाट रोराङ गाउँपालिका २ का वडाध्यक्ष टंक थापका छोरा तुल्सी थापाले अपशब्द गर्दै गाली गलौज गरेका छन् ।
ह्वासिन सिमेन्ट नारायणी प्रा.लीका स्थानिय कर्मचारी समेत रहेका दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई अपशब्द गर्दै गालीगलौज गरेका हुन् ।
‘साला खाते हो तिमीहरु । मैले कतिमा कसको जग्गा बेचेँ । तलाईँ खाते साला कुकुर भाते…. के भन्नु त मु…’ थापाले भनेँ,–‘रेकर्ड गरेर राखे हुन्छ । तँ साले कुकुरलाई जे भने पनि हुन्छ । जग्गा चालिस हजारमा किनेको हो । तर, कति सालमा किनेको हो ? त्यो हेरेको छ ।’