दार्चुला जीप दुर्घटनाः ज्यान गुमाएका ११ जनाकै सनाखत

दियो पोस्ट  

दार्चुला, फागुन १८ । दार्चुलाको दुहुँ गाउँपालिका ३ राताकाठामा शुक्रबार राति भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका ११ जनाकै सनाखत भएको छ । म १ ज २८० नम्बरको जीप दुर्घटनामा परी उनीहरुको घटनास्थलमै ज्यान गएको थियो ।

ज्यान गुमाउनेहरुमा दुहुँ गाउँपालिका–१ का मानमती भट्ट, गौमती बम, धानाम बम, धनबहादुर बम, वडा नं २ का कल्याणसिंह बडाल र उनका १७ वर्षकी छोरी निर्मला निरु बडाल, सोही ठाउँका परुली धामी रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिएका छन् ।

यस्तै दुहुँ गाउँपालिका–४ का अमरा बम, आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का प्रताप भनिने धनबहादुर चन्द र स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताए ।

जिप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।