रविन्द्रकी श्रीमति विद्याको भावुक भाषण,–‘हाम्रो मायाँ राजनीतिले जोड्यो’ (पूर्णपाठ/भिडियोसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, २१ फागुन । ताप्लजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका स्वर्गिय पर्यटन मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा उनकी पत्नि विद्या भट्टराईले सम्बोधन गरेकी छिन् ।
पतिको शोकमा रहेकी विद्याले आफ्ना निकै भावुक मन्तव्य दिएकी हुन् । मंगलबार कास्कीमा स्थित अधिकारीको घरमा आयोजित स्मृति सभामा विद्याले आफ्ना पतिको नाममा प्रतिष्ठान बनाउने समेत घोषणा गरिन् ।


उनले गरेको सम्बोधनको पूर्ण अंश यस्तो छ ।


पार्टीले आज कमरेड रविन्द्रको सम्मानमा जुन श्रद्धाञ्जली सभा आयोजना गरेको छ । हामी परिवारको तर्फबाट यहाँको पार्टी संयन्त्र र पार्टीलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छौँ । मलाई पार्टी सिङगो आम जनमसमुदायलाईलाई हाम्रो परिवार प्रति हजुरहरुले गर्नु भएको जुन सम्मान छ त्यसलाई हामी परिवारले भुल्यौँ भने त्यो सायद अपुरो हुन्छ भन्ने लागेर मलाई बोल्न भन्नु भयो । म असमर्थताका बाबजुत पनि यहाँहरुको सामु उपस्थित भएको छु ।

त्यसैले म आजको यस कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री लगायत विशिष्ट व्यक्तित्वहरु,अतिथिहरु र यहाँ उपस्थित हुनु भएका रविन्द्र जी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न सम्मान व्यक्त गर्न उपस्थित हुनु भएका सम्पूर्ण जनसमुदायहरुमा म परिवारको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्छु । हार्दिक सम्मान व्यक्त गर्छु र हार्दिक नमन व्यक्त गर्छु ।


हाम्रो परिवारले मात्रै होइन आज सिंगो देशले रविन्द्रको अभाव व्यहोरिरहेको छ । त्यसैले हाम्रो परिवार आज एक्लो छैन । हाम्रो परिवारसँग देश छ, पार्टी छ र आम जनसमुदाय हुनुहुन्छ । त्यही ढाडसले गर्दा आज म यहाँहरुको अगाडी उभिरहेको छु र बोलिरहेको छु ।


सायद त्यो मत हामीले प्राप्त गरेका थिएनौँ भने यहाँ आएर उभिने सामथ्र्य मसँग हुँदैन थियो । अकल्पनिय कुरा ब्यहोरिरहँदा हामी सबै दुखी छौँ । तर मैले के देखिरहेको छु भने पार्टीले हामीलाई यति धेरै विश्वास दिएको छ की सिंगो पार्टीले उहाँको सपना र विचारलाई बोकेर अघि बढ्ने छ भन्ने त्यो अनुभुत हामीले गरिरहेका छौँ । हामीले गुमेका कुरालाई भन्दा पनि उहाँको विचार र व्यक्त गरेका अभिलाशाहरु, उहाँका उद्देश्यहरुलाई पुरा गर्नका लागि सिंगो पार्टी लाग्नेछ । सरकार लाग्नेछ । परिवार त एउटा सानो इकाइ हो । यसको साथ पनि पार्टीलाई रहनेछ भन्ने विश्वास म व्यक्त गर्न चाहान्छु ।


म थोरै कुरा भन्न चाहान्छु । रविन्द्र जीको राजनीतिक जीवनमा म अलि पछाडी मात्रै जोडिएँ । तर आमा बुवाको मायाँ साथ, आमा बुवाले जेठो छोरालाई राजनीतिमा होमिनका लागि दिनु भएको त्यो योगदान मैले सँधै कदर गर्छु । त्यति मात्रै होइन आजको उहाँको राजनीतिक उचाईका लागि आमा बुवाले जुन योगदा दिनु भएको छ । हामी सबैका लागि अत्यन्त सराहनिय छ भन्ने मलाई लागेको छ ।
भाईहरु जसले एउटा राजनीतिक परिवार भित्रको अभावलाई पुरा गर्न खेल्नु भएको भूमिका, बहिनी जसले कहिलेकाँही दाई भन्न नपाउँदा सँधैभरी साथ दिने र जुन सुकै पारिवारिक अवस्थामा पनि सहयोग गर्ने जुन भूमिका खेल्नु भएको छ । आजको रविन्द्रको उचाई परिवारको त्यो साथले पनि अघि बढाएको हो भन्ने मलाई लाग्छ एकातिर ।


अर्को तिर म आफू । हाम्रो सम्बन्ध राजनीतिले जोड्यो । हाम्रो मायाँ राजनीतिले जोड्यो । जब विवाह गरेँ । मलाई के लाग्यो भने दुवै जना राजनीतिमा लागिरहँदा त्यसले पारिवारिक व्यवस्थापनमा एक खालको अफ्ट्यारो पार्न सक्छ । त्यसकारण म आफू प्राज्ञिक क्षेत्रमा लाग्दा राम्रो हुन्छ । उहाँको राजनीतिलाई साथ दिएँ भने अब्बल भएर निष्कन पनि सजिलो होला भनेर मैले महसुस गरेँ । उहाँको उत्कृष्ठ, अब्बल र परिणाम मुखि भएर अघि बढ्नुपर्छ भन्ने सोच थियो ।

त्यो सोचबाट आज हामीले एउटा उर्जा प्राप्त गरेका छौँ । यदि भन्दै म नेपाल सरकार, मन्त्रिपरिषद, पार्टी केन्द्रीय कमिटि, गण्डकी प्रदेश सरकार, महानगर स्थानिय तह, पार्टीका प्रदेश, जिल्ला र स्थानिय समितिहरु, विभिन्न पार्टी र पार्टीका नेताहरु, विद्यार्थी युवा तथा सम्पूर्ण जन संगठन, सुरक्षा निकाय, जसले पटक पटक उहाँलाई सलामी गर्यो सम्मान दियो ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय तह, विभिन्न सामाजिक संघ संस्था, सामुदायीक संघ संस्था, सहकारी संघ संस्थाहरु, अन्त्यष्टिमा सहभागी सम्पूर्ण आदर्णिय महानुभावहरु निवासमै आई समवेदना दिने सम्पूर्ण व्यक्तित्वहरु मेरा आफन्तजन इष्टमित्र र साथीहरुमा म हार्दिक आभार व्यक्त गर्न चाहान्छु । कृज्ञता व्यक्त गर्न चाहान्छु ।

अन्तममा म के भन्छु भने रविन्द्र जीको सपना साकार बनाउने भूमिका पार्टीले खेलेको छ, खेल्ने छ त्यसमा हामी परिवार विश्वस्त छौँ । उहाँको अभियानलाई सजिलो बनाउनका लागि पार्टीलाई सहयोग र परिवारको साथ सहयोग सँधै रहिरहन्छ भन्ने विश्वास व्यक्त गर्दै रविन्द्र स्मृति प्रतिष्ठान बनाउनुपर्छ की भन्ने सोच हामीलाई लागेको छ । हामी पार्टीसँग सरसल्लाह गरेर मात्रै ती कामहरु अगाडी बढाउने छौँ भन्ने कुरा हजुरहरुसँग जाहेर गर्दै म विदा हुन चाहान्छु । धन्यवाद ।

भिडियाे हेर्नुहाेस् ।

सम्बन्धित खबर

सिफारिस