पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ,फागुन २१ । कास्कीको पोखरामा प्याराग्लाइडिङबाट खसेर रसियन नागरिकको ज्यान गएको छ ।

सराङकोटबाट उडेको प्याराग्लाइडिङ डाडाँबाट केही तल खस्दा अन्दाजी ४५ वर्षीय रसियन नागरिक डिमी डिभिलको ज्यान गएको हो ।

दुर्घटनामा परी घाईते भएका उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको बैदाम प्रहरी प्रमुख डीएसपी कोमल शाहले बताएका छन् ।

आफुखुशी प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको प्रहरीले जनाएको छ । पोखरामा आइतबार ४२ वर्षीय रोमानियाका इद सिस जरको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा फेवातालमा खसेर ज्यान गएको थियो ।

सम्बन्धित खबर

सिफारिस