काठमाडौँ, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
नियमित चेकजाँचका लागि प्रधानमन्त्री बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार फलोअपका लागि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो ।