६ खुट्टे पाडो जन्मिएपछि…

दियोपोस्ट संवाददाता

रामेछाप,फागुन २२ । रामेछाप मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैसीले ६ खुट्टे पाडो जन्माएपछि अहिले उक्त पाडो हेर्न जाने हेरालुहरुको घुइचो नै लाग्ने गरेको छ ।

६ खुट्टे उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गर्दै आएको छ । यसअघि भैसी वा अन्य कुनै पनि घरपालुवा जनावरले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरु भैसी र उनको पाडो हेर्न दैनिक घरमा आउने गरेको किसान वलकवहादुरले जानकारी दिए ।

उनले भने– अन्य सपाङ्ग पाडापाडी जस्तै ६ वटा खुट्टा भएपनि उभिने, हिड्ने र आमाको दुध सहजै खाने गर्दै आएको छ । भैसीले ६ वटा खुट्टा भएको पाडो पाएको थाहाँ पाएपछि गाउँका मात्र हैन अन्य छिमेकी गाउँका किसानहरु पनि पाडो हेर्न दैनिक ठूलो संख्यामा मानिसहरु आउने गरेको आलेमगर वताउँछन् ।

गाउँमै ६ वटा खुट्टा भएको पाडो भैसीले पाएको छरे भनेर सुनेर आफु पनि पाडो हेर्न वलकवहादुरको घर पुगेको सालु कविलासका तिर्थवहादुर केसीले जानकारी दिए । उनले भने सुन्दै अचम्म लाग्यो झन् आफ्नै आँखाले ६ वटा खुट्टा भएर पनि सहजै हिड्ेको देख्दा अचम्मीत नै भयौं ।

सम्बन्धित खबर