संसदमा बाबुराम भन्छन्, ‘द्वन्द्वकालिन मुद्धामा म दोषी छु भने दण्ड भोग्न तयार छु’

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन २२ । पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले द्वन्द्वकालिन मुद्धाहरुको तत्काल छिनोफानो गरि टुंगो लगाउन माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको वैठकलाई संवोधन गर्दै डा. भट्टराईले द्वन्द्वकालिन मुद्धाहरुलाई हेर्र्ने सत्यनिरुपण तथा मेलमिलाप आयोगले फर्गिम अर फर्गेट अर्थात क्षमा या भुल को सिद्धान्तबाट निर्णय गर्नुपर्ने बताए ।

द्वन्द्व व्यवस्थापनको कामहरु समयमै टुंगो लगाउन नसक्दा देशमा विकास र शान्तिको बाटोमा अवरोध खडा हुने समेत बताएका छन् । द्वन्द्वका मुद्धाहरुमा दोषी देखिने सबैलाईं कारवाहीको दायरामा ल्याइनुपर्ने समेत उनले जोड दिएका छन् । त्यस्ता मुद्धाहरुमा आफुलाई दोषी देखिए कारवाहीको लागि समेत चुनौती दिएका छन् । ‘द्वन्द्वकालिन मुद्धाहरुको. चाँडै व्यवस्थापन गर्न जरुरी छ, ती मुद्धाहरुमा मलाई दोषी देखिए कारवाही भोग्न तयार छ’ु । उनले भने ।

त्यसैगरि देशमा शान्ति सुरक्षा कायम गरिराख्नका लागि सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा संग समेत वार्ता गरि सहमती गर्न सुझाव दिएका छन् । विप्लव लगायत तराइका असन्तुष्ठ दलहरुसंग सरकारले वार्ता गरि उनिहरुको मागलाई सम्वोधन गरि सबै पक्षलाई एकतावद्ध बनाएर अगाडी बढाइए मात्र सरकारले लिएको समृद्धीको लक्ष्य सफल हुने बताए ।

सरकारले विकासनिर्माणका कामहरुलाई समेत सन्तुलित बनाएर अगाडी बढाउनुपर्ने सुझाव दिएका छन् । पुर्वीतमोर देखि अरुण हुदै पश्चिमको महाकालिसम्मको यात्रामा आफुले विकास र पुर्वाधारका कार्यक्रममा असन्तुलन देखको भन्दै उनले निर्वाचिन क्षेत्र र जिल्लालाई नभई राष्ट्रिय नीति बनाएर योजनावद्ध साथ विकास र पुर्वाधार निर्माणको काम गरिनुपर्ने बताए ।

पश्चिम तर्फको झुलाघाटमा पक्कि पुल निर्माण गरि सिक्किम तर्फबाट १७ किलोमिटर बाटो जोड्न भारतसंग आग्रह गर्नुपर्नेमा डा. भट्टराएइले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पहाडी जिल्लाहरुमा खानेपानीको समस्या देखिएकाले विस्तृत जल उपयोग तथा संरक्षण नीति बनाई खानेपानीको समस्या सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । शिक्षा क्षेत्रमा पनि उनले आमुल परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याए । विचारमा सुधार संगै अन्तराष्ट्रिय भू राजनीतिलाई मध्यनजर गरि गतिशिल तटस्थताको परराष्ट्रनीति अवलम्बन गरि मुलुकको विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर