निर्मला पन्त हत्या प्रकरणः अदालतमा मुद्धा परेपछि एसपी विष्ट र डिएसपी अंगुर जिसी फरार

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन २३ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा कञ्चनपुरका तात्कालिन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टसहित ८ जनाविरुद्ध मुद्धा दायर गरिएको छ । जिल्ला सरकारी वकील कार्यलय कञ्चनपुरले जिल्ला अदालतमा आठ जना विरुद्ध मुद्धा दायर गरेको हो ।

निर्मलाकी आमा दुर्गादेवि र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले जिल्ला प्रहरी कार्यलय कञ्चनपुरमा दिएको जाहेरीका आधारमा प्रहरीले आवश्यक अनुसन्धान सकेर मुद्धाको फाइल सरकारी वकील कार्यलयमा बुझाएपछि मुद्धा दायर भएको हो ।

मुद्धा दायर गर्नुपुर्व प्रहरीका तात्कालीन ६ जना अधिकारीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदिशप्रसाद भट्ट र एकेन्द्र खड्का, सइहरु हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद रहेका छन् । उनिहरु बुधबार अदालतमा उपस्थित थिए ।

कञ्चनपुको प्रहरी प्रशासन सम्हालिरहेका तात्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र घटनाको छानविन गर्न कञ्चनपुर पुगेका प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जीसि भने फरार रहेको प्रहरीले जनाएको छ । उनिहरुको खोजी जारी रहेको तर भेट्न नसकिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।

तात्कालिन एसपी डिल्लीराज विष्टले घटनको सवुतहरु नष्ट गर्ने तथा नक्कली अभियुक्त खडा गरि यातना दिने लगायतका कामहरु गरेको भन्दै उनलाई कारवाही गर्न माग गरिएको छ । सरकाले प्रहरी उपरीक्षक ९एसपी० विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् ।

सम्बन्धित खबर

सिफारिस