बसुन्धारामा बम बिष्फोट, २ जना घाईते

दियो पोस्ट  

काठमाडौँ, फागुन २५ । बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।

आज साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । घटनाको नेपाली सेनाको विज्ञटोलीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।