काठमाडौं, फागुन २६ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएसँगै त्यसको विरोधमा व्यवसायीहरुले आईतबार देशभरका म्यानमावर कम्पनी बन्द गरेका छन् । शुक्रबार घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको थियो ।
अध्यक्ष गुरुङको घरमा भएको विस्फोटका कारण पार्किङ गरी राखिएको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो भने घरमा आगलागी भएर क्षति भएको भएको थियो। आगलागी काठमाडौं महानगरको दमकल, प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए।
घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।
अध्यक्ष गुरुङले शुक्रबार भएको बम विस्फोटको कारणको सम्बन्धमा कुनै जानकारी नभएको बताएका छन्।
विप्लव नेतृत्वको नेकपाको पत्र आएको भएपनि सो पत्रमा कति रकम सहयोग मागिएको हो भन्ने कुरा खुलाईएको छैन ।