नेकपाका नेताद्वारा २६ वर्षिया महिलाको हत्या, सप्तकोसीमा लगेर सव फाले

दियो पोस्ट  

विराटनगर, फागुन २६। मोरङ बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेको खुलासा भएको छ । नेता गुरुङले महिलाको हत्या गरि शव सप्तकोसी नदीमा फालिदिएको रहस्य खुलेको हो ।

२६ वर्षीया रमिला राई

फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरी शव गायव बनाउन कोसी ब्यारेजको पुलबाट नदीमा फालेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

नेकपाका नेता योगेन्द्र गुरुङ

हत्यामा संलग्न एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ तीन दिनअघि इलामबाट पक्राउ परेका हुन् । गुरुङले दिएको बयानका आधारमा दुई दिनदेखि लगातार प्रहरीले कोसी नदीमा खोजेको भए पनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरीले जानकारी दिएको छ।

महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो । त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हत्यापछि यही गाडीमा शव राखेर नदीसम्म पु¥याएको प्रहरीको दाबी छ । बेपत्ता भएकै राति हत्या गरेर शव गायव बनाउन कोसी नदीमा फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिला हराएको राति दुवैजना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।

हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।